राजनीति
२२ जेठ, जनकपुर । नेकपा एकीकृत समाजवादी पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिए लगतै एकिकृत समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। समाजवादीले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाइ पत्र बुझाउदै सरकारलाई दिएको समर्थन फिर्ता भएको जानकारी गराए।
एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन् ।
दुवैजनाले मंगलबार साँझ मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयमा राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादव बाहिर भएका कारण सचिवालयमा राजीनामा पत्र बुझाएको लुंगेलीले जानकारी दिइन्।



प्रतिक्रिया दिनुहोस्: