गिरीबन्धु जग्गा प्रकरण बारे ओली लाइ लक्षित गर्दै बालेनको अर्को स्ट्याटस

२०८१ जेष्ठ २१

राष्ट्रमार्ग  खबर काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक संजाल मार्फत फेरी एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित स्ट्याटस लेखेका छन् ।

उनले स्ट्याटसमा भनेका छन्, ” १० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।”

उनले केहि दिन अघि गिरीबन्धु टी-स्टेट जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीहरूको नामावली सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: