(बारा) परवानीपुर । अखिल नेपाल किसान महासंघ तथा राष्ट्रिय युवा सँघ नेपाल परवानीपुर गाउँपालिका कमिटीको आयोजनामा र परवानीपुर गाउँपालिकाको सहयोगमा २०८१ असार १५ गते शनिबारका दिन २१ औं राष्ट्रिय धान दिवस उत्साहित वातावरणमा भव्यताका साथ मनाइएको छ।
परवानीपुर गाउँपालिका वडा नं. २ का वडा सदस्य रामबाबु चौहानको खेतमा यो दिवस मनाईएको हो। परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको प्रमुख अतिथ्यतामा र उपाध्यक्ष सुगान्धी देवी साह कानुईनको बिशेष उपस्थितीमा राष्ट्रिय धान दिवस मनाईएको हो।
सो अवसरमा परवानीपुर गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी साह कानुईनका सल्लाहकार, एमालेका युवा नेता एवम अखिल नेपाल किसान महासंघका सचिव उमेश गुप्ता लगायतका पदाधिकारी तथा सदस्यहरु, नेपाल राष्ट्रिय युवा सँघ परवानीपुर गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, परवानीपुर गाउँपालिकाका कर्मचारीहरु, स्थानीय अगुवा नेता कार्यकर्ताहरु र किसानहरूको ब्यापक सहभागिता मा २१औं राष्ट्रिय धान दिवस मनाईएको हो।
परवानीपुर गाउँपालिका कृषि शाखा को सहजिकरणमा राष्ट्रिय धान दिवस मनाईएको हो।



प्रतिक्रिया दिनुहोस्: