बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

२०८१ असार १५

रौतहट । गौर चन्द्रपुर सडक खण्ड अन्तरगत गरुडा नपाको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना भएको छ । ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जना युवतीको ज्यान गएको छ।

बस दुर्घटनामा माधवनारायण नगरपालिका वडा नम्बर ३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीरघाइते र सात जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गौरबाट भैरहवातर्फ गइरहेको बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको र बस दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले   घाइतेहरूको उद्धार गरी स्थानीय  अस्पतालमा उपचारको लागि पठाइएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन्।

बस चालक फरार रहेको हुँदा  खोजी भइरहेको तथा दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपि गिरीले जानकारी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्: