बारा, पर्साका बजारहरुमा विषादीयुक्त आँपको विक्रीवितरण गरिँदै, अनुगमन निकायहरु मौन

२०८१ असार १०

वीरगंज । फलफुलको राजा भनेर चिनिने आँप अहिले बजारमा सवैभन्दा बढि विक्रीवितरण भईरहेको छ ।

हरेका बजारमामा पहेँलपुर भएका आँपहरु बेच्न राखिएको देखिन्छ । बजारमा आँपको सिजन भएकाले पनि उपभोक्ताहरुले पनि आँप खान मनपराउने गरेका छन ।

अहिले बजारमा विक्रीका लागि राखिएका आँपहरु मानव स्वास्थ्यका दृष्टिकोणले खान उपयुक्त छैन ।

झण्डै एक महिना अगाडिदेखि नै बजारमा विक्रीका लागि आँप आईसकेको हो । तर बजारमा पाईने अधिकांश आँपहरु कार्वाइड हालेर पकाइएको पाईन्छ ।

अहिले बारा र पर्साको अधिकांश बजारमा विषादी प्रयोग गरेर पकाइएका भारतीय र नेपाली आँप बिक्री वितरण भइरहेको सरोकारवालाहरूले गुनासो गरेका छन ।

विभिन्न प्रजातिका आँप फाटफुट रूपमा पाक्न थाले पनि अझै पनि मालदह,कलकतिया,किसन भोगलगायतका आँपहरु स्वत आफै पाक्ने बेला अझै भएको छैन ।

झण्डै एकमहिना अघि देखी यी प्रजातिका आँपहरु बजारमा आईरहेका थिए । अझै पनि बजारमा कार्वाइड हालेर पकाइएको धेरै किसिमका आँप छ्यापछ्याप्ती विक्री वितरण भईरहेका छन् ।

पाक्ने समयभन्दा पहिले नै आँपको मूल्य बढी पाइने भएकाले व्यापारीले काँचो आँपलाई कार्वाइड हालेर बजारमा बेच्ने गरेको कलैयाका एक उपभोक्ताले गुनासो गरेका छन् ।

विषादीयुक्त आँपले मानव स्वास्थ्यमा गम्भीर असर पुगिरहेको हुदा सम्बन्धीत सरोकारवाला निकायको ध्यान जान नसकेको ती उपभोक्ताले बताए ।

बाराको सदरमुकाम समेत रहेको कलैया बजार,मिम्रौनगढ बजार, कोल्हवी, बरियारपुर, जीतपुर, सिमरा, प्रसौनी लगायतका बजारमा समेत कर्वाइड हालेर पकाइएका नेपाली तथा भारतीय आँप बिक्री वितरण भइरहेको पाईन्छ ।

यसरी बजारमा निर्वाद रुपमा विषादीयुक्त आपहरुको विक्रीवितरण भईरहदा अनुगमन गर्ने सरोकारवाला निकायहरु भने मौन छन ।

कार्वाइड अत्यधिक प्रयोग गरिएको आँप निर्वाध बिक्री वितरण गरिएको भएपनि नागरिक र रोकारवाला निकायहरु सचेत बन्न आवश्यक रहेको कलैयाका अधिकारकर्मी मुकेश कुशवाहा बताउछन ।

बजारमा विक्रीवितरण भईरहेका आँप तथ अन्य फलफुलमा विषादी भए नभएको जाँच गर्ने प्रविधिनै जिल्ला अनुगमन समितिसंग नरहेको र अनुगमन समेत हुन नसकेको नागरिक कलैया ४ का कृषि विज्ञ रामस्वरुप पंडितको भनाई छ ।

बेमौसमी फलफूल लगायतका खानेकुरा हामी मिठो माने खाईरहेका हुन्छौ तर गुणस्तर नबुझेर खानु आफैमा गलत छ ।

त्यसैले बिक्रीवितरण गर्ने र उपभोक्ता दुुबै यी विषयमा सचेत बन्न आवश्यक छ ।’ साथै यसको रोकथामतर्फ स्थानीय तह र स्थानीय प्रशासनले समयमै ध्यान आवश्यक जरुरी रहेको पंडितको भनाइ छ ।

यता अनुगमनको मुख्य जिम्मेवारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला तहमा अनुगमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पनि हो ।

तर यी निकायहरुबाट अनुगमन भएको पाईदैन । विभागले भने कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ ।

खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: