सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

२०८१ जेष्ठ १८

१८ जेठ, काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।

तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान भनेर चिनिने थर्कमान लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । थर्कमान नेपाली कांग्रेसमा आबद्ध रहेका छन्।              ‌‌                   पूर्व न्यायाधीश डि्ल्लीराज आचार्य अध्यक्ष रहेको अवैध सुन पैठारी (तस्करी ) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: