श्रमाधान रोजगार मेला-२०८१ प्रत्येक प्रदेशमा दुई-दुई दिन चल्ने कोशी प्रदेशमा मेला शुरु

२०८१ जेष्ठ १७

काठमाडौं / विराटनगरमा बिहीबार ‘श्रमाधान रोजगार मेला-२०८१’ शुरु हुँदैछ। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलको आयोजनामा सातै प्रदेशमा हुने मेला बिहीबार कोशीको विराटनगरबाट शुरु हुन लागेको हो।

मेला प्रत्येक प्रदेशमा दुई-दुई दिनसम्म चल्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मेला गर्न लागेको बताए । मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबचिको साझेदारीलाई प्रवर्धन गर्ने रहेको उनले बताए ।

श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश मेला संयोजक सुशीलप्रसाद आचार्यले मेला रोजगारी दिने र माग्नेबिचको सेतु भएको तर्क गरे । मेलाबाट सबै प्रदेशबाट सङ्कलन भएका रोजगारदाता संस्था र रोजगारीमा खोजी गर्ने आएका तथ्यांक समेटर रोजगार बैंक बनाउने र  यसबाट बेरोजगारको तथ्यांक, सीप र रोजगारीका अवसरबारे स्पष्ट उल्लेख हुने बताए ।

मेला जेठ ३० गते बुधबार बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले जनाएको छ ।

sharmadhan-mela-rojgar

प्रतिक्रिया दिनुहोस्: