संसदमा कांग्रेसको बिरोध र नाराको बावजूद पास भयो नीति तथा कार्यक्रम

२०८१ जेष्ठ १३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आव २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री दाहालले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक जेठ १५ गते दिउँसो ४ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्: