Highlights
- ‘नागरिकता नम्बर सच्याउने कुराको लागि यत्रो बबण्डर गर्नुपर्छ र ? मान्छेलाई पक्राउ गर्नुपर्छ ? मान्छेलाई रातारात पक्राउ गर्नुपर्छ ?’
काठमाडौँ —नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले सरकारी अधिकारीले गरेको कमजोरीमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले बिहीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेले संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर कार्य गरिरहेको पनि बताए ।
सिरोहियालाई पक्राउ गरेको घटनाले प्रधानमन्त्री र गृहमन्त्री संविधानको व्यवस्थाभन्दामाथि रहेको आशंका जन्माएको उनको भनाइ थियो ।
‘हामी संवैधानिक सर्वोच्चतामा छौं । संविधान कानुन मान्छौं । संविधानभन्दा ठूलो कोही पनि छैन भन्ने मान्यता राख्छौं । हामीकहाँ लिखित संविधान छ र संविधानमाथि कोही पनि छैन भन्ने कुराको मान्यता हो । गृहमन्त्री अथवा प्रधानमन्त्री संविधानभन्दा माथि हुन्छ ?,’ वरिष्ठ अधिवक्ता खड्काले भने, ‘दुई नागरिकतामा एउटै नम्बर लेख्ने काम कैलाश सिरोहियाले गरेका हुन् ? त्यो नम्बर लेख्ने त कर्मचारीमो हो। जो मान्छेले दिएको छ, पहिलो दिने मान्छेको नम्बर पनि त्यै मान्छेले लेख्या हो दोस्रो नम्बर पनि त्यै मान्छेले लेखेको हो । नागरिकता नम्बर सच्याउने कुराको लागि यत्रो बबण्डर गर्नुपर्छ र ?’
- सरकारी अधिकारीले गरेको कमजोरी सच्याउनका लागि सिरोहियालाई पक्राउ गर्न आवश्यक नदेखिएको वरिष्ठ अधिवक्ता खड्काको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्: