कान्तिपुरका अध्यक्ष सिरोहियालाई ३ दिन हिरासतमा राख्‍ने अनुमति

२०८१ जेष्ठ ९

काठमाडौं / धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्‍ने अनुमति दिएको छ । मंगलबार काठमाडौंबाट पक्राउ गरी बुधबार अदालत पेस गरिएको थियो ।

न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो ।

सिरोहियालाई नागरिकता किर्तेको अभियोगमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: