काठमाडौँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा जवाफ दिएका छन्।
उनले भने‚ ‘रास्वपा कायरहरूको पार्टी होइन। झूट र मीडिया ट्रायलले कोही डराउँदैनौँ।’
उनले आफूमाथि लागेका जवाफ दिँदै काँग्रेसलाई विभिन्न प्रश्न सोधेका छन्। आफूलाई लोकतान्त्रिक भन्ने पार्टी काँग्रेसले अर्को दलको सांसदलाई हामीले बोल्न दियौँ भन्ने निर्णय गर्नु हास्यास्पद रहेको लामिछानेले बताएका छन्।
उनले म उक्त सहकारीको सदस्य पनि हैन। म प्रतिपक्षमा रहँदा अहिले प्रतिपक्षमा रहेको दलले प्रहरीलाई प्रमाण जुटाउन आदेश दिएको हुँ।
नागरिकता एउटै बोक्ने तर विदेशीलाई सूचना बेच्नेलाई पनि कारबाही गर्न काँग्रेसलाई चुनौती दिएका छन्।



प्रतिक्रिया दिनुहोस्: