तराई मधेशमा फेरी गर्मी बढ्यो

२०८१ जेष्ठ ३

बीरगंज । पानी परेरका केही दिन राहत महशुस भए पनि विगत २ दिन देखि गर्मी बढेर जनजीवन प्रभावित भएको छ ।

बीरगंज लगायत धनगढी, नेपालगञ्ज, जनकपुर र तराई मधेशका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस सम्म पुगेको छ । अघिल्ला दिनहरुमा ती स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल झरेको थियो ।

अबको ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने अनुमान गरिएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्: