गाँजासहित एक जना पक्राउ

२०८१ जेष्ठ २

विराटनगर । भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: