सुनको मूल्य बढ्यो

२०८१ जेष्ठ २

काठमाडौं, ०२ जेठ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३७ हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३८ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ७४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: